Thursday 1st October 2026

गजल -के.पि. न्याैपाने


दसैंमा आमा आँशुका दाना, झारेर नबस्नु ।
सन्तानको नाउँमा हजार फूल, सारेर नबस्नु, ।।

लेक र वेसी गुञ्जाउँदा खुशी, सामेल हुनु है
कोमल त्यो मन र मुटु अचानो,पारेर नबस्नु, ।।

आशिर्वाद थाप्न भनेर आमा सपनीमा आउँदा,
नजर तिम्रा आँशुले आमा, बारेर नबस्नु ।।

साहुको तमसुक आएर आमा च्यात्नु छ हामीले,
पौरखी हामी छोराकी आमा हारेर नबस्नु, ।।

आउने छु आमा लिएर एकदिन सुनौलो संसार
मनका इच्छा, चाहना आमा, मारेर नबस्नु ।।

उहि छोरा के.पि.न्यौपाने
हालः युएइ क्वारेन्टिन


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...