Tuesday 23rd April 2024

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, २८४६ निको भए, १३ को मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

त्यस्तै २४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् भने अहिलेसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मर्नेको संख्या ८४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १३८४६ पीसीआर परीक्षण गरिएको छ भने हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ नमुना परीक्षण गरिएका छन् ।हाल क्वारेन्टिनमा ३३२२ जना रहेका छन् ।

कोरोनाको इपिसेन्टरको रूपमा रहेको काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू काठमाडौंका ८३२, भक्तपुरका १०२ र ललितपुरका १७६ जना रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...