Friday 19th April 2024

घटस्थापनाको साताैं दिन आज फुलपाती, गोरखाबाट काठमाडाैंको हनुमान ढोका ल्याइंदै


तीतोपाटी – हिन्दु धर्मावलम्बीहरूको महान चाडको रूपमा मानिएको सम्पुर्ण नेपालीहरूले मनाउने बडा दशैंको आज साताैं दिन, यो विशेष दिनलाई फूलपाती भनिन्छ । घटस्थापनाका दिन देखि नवरात्र शूरू भइ नवदुर्गा भवानीको पूजाअर्चना गरिने भए पनि व्यवहारमा फुलपातीका दिनबाट बडा दशैं भित्रिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् ।

आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित ‘फूलपाती’ भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

आजको यस विशेष साताैं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
अाजको दिन गोरखा दरवारको दशैंघरमा घटस्थापना गरेर राखिएको फुलपाती गोरखाबाट काठमाण्डाैंको हनुमान ढोकामा ल्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि बर्सेनि बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दशैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइन्छ ।

त्यसै गरि गाउँघरमा आजबाट औपचारीक रुपमा लिङ्गेपिङ हालिन्छ, खरको डोरी र टुप्पो नकाटिएको हरियो चारवटा बाँसलाई गाडेर बनाइने यो पिङ दशैंको अर्को रौनक हो, जुन सदियाैंदेखि दशैंमा मनोरञ्जन गरीने एउटा माैलिक साधनको रूपमा प्रचलित छ । मान्छे चढेर मच्चिएपछी बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ, दशैंको यस विशेष अवधिकाबिच एकपटक भएपनि भूँई छोडनु भन्ने चलन छ, पिङ चढेका बखत भुई छोडिन्छ र मच्चिउनञ्जेल प्रकृतिको खुल्ला काखमा पञ्छिझै स्वतन्त्र भइ यो शरीरले स्वाँस भर्छ, अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।

यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण बडा दशैं जस्तो चाडमा समेत मानिसहरूको जमघट र सहभागिता बिना नै दशैै मनाउनु पर्ने भएको छ भने शक्तिपीठहरूमा पनि भक्तजनहरूको उपस्थिति त्यति धेरै उपस्थिति रहेको छैन भने गोरखाको फूलपाती काठमाडाैंमा भित्र्याउन पनि भक्तजनहरूको उपस्थिति रहेन ।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...