Friday 14th August 2026

कविताः कात्यायिनी महात्म्य – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


नवरात्री छैठौँ दिन कात्यायिनी पुजा।
गर्नुपर्ने चलन हाम्रो गर्नुभयो आज।
उपासना आरधना गङ्गाजल हात।
धर्म अर्थ काम मोक्ष मिलोस् एकै साथ ।१।🌷🙏🌺

कत नामक ॠषीका ती कात्य थिए छोरा।
जन्मिएका कात्यायन कात्य ॠषी घर।
कात्यायन गर्न थाले पराम्वाको पुजा।
भगवती पुत्री बनी आउन् भन्ने चाह।२।🌷🙏🌺

तपस्याले खुशी भई देवी स्विकार गरिन्।
उनकै घर छोरी बनी देवी आउने भईन्।
कुनै बेला महिषासुर अत्याचार गर्‍यो।
देवी रुप यसैबेला ठुलो खाँचो पर्‍यो ।३।🌷🙏🌺

ब्रम्हा विष्णु महेश मिली आफ्नो तेज दिँदा।
कात्यायनको तपस्याले कात्यायिनी पैदा ।
महिषासुर मारिएर लोकमा शान्ति छायो।
सज्जनले सुखसाथ दिन काट्न पायो ।४।🌷🙏🌺

दानव अनि देव पनि मानवको रुप।
विचारको आधारमा छुट्ट्याउन पर्छ।
परोपकार गर्नेहरु देव कहलाए।
अर्कालाई दु:ख दिने दानव नाम पाए ।५।🌷🙏🌺

सबैजसो दानवहरु ॠषी कुलमै जन्मे।
व्रम्हाणको कुल थियो वृत्रासुरको पनि।
पुलस्त्य ती नामी ॠषी रावका बाजे।
खराब काम रावण गर्दा राक्षस यो भने ।६।🌷🙏🌺

कोही भन्छ्न् दलित र तल्लो वर्ग माथि।
अन्यायले उब्जाएको शोषण गरी भाँती ।
कौवाले कान तान्यो भनी सुन्ने साथि।
आफ्नो कान नछामेर गए कौवा पछि ।७।🌷🙏🌺

धर्म कहिले सिकाएन भेदभाव गर्न।
इश्वरको नजरमा सबै समान जान।
नपढेर वेद अनि शास्त्रको त्यो ज्ञान।
यसो उसो बोली हिँड्ने अल्पज्ञ ती जन ।८।🌷🙏🌺

नीति नियम अनुशासन धर्म कर्म छैन।
वाँदरको स्वभावले काम गर्ने हैन ।
सबैकुरा सकरात्मक कोणबाट हेर्दा।
नियम कानुन मानेदेखि छैन बेफाइदा ।९।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

पछिल्लो २४ घण्टामा रुस–युक्रेन मोर्चामा २२२ वटा भिडन्त भएका छन्। सबैभन्दा बढी आक्रमण कोस्त्यान्तिनिभ्का क्षेत्रमा (२९ वटा) भएको युक्रेनी सेनाले…

प्रतिकृयाहरू
...