Thursday 1st October 2026

कविताः कोरोना काल – लोक छन्दःझ्याउरे -हरि शर्मा (गलकोटे कवि)


आश्विन शुक्ल पक्षमा पर्ने दशमी तिथिमा ।
अक्षता अनि जमरा पनि राखेर थालमा ।
पुराई हात अक्षता साथ थुपुक्क निधारमा ।
आशिष लिने बडाले दिने पवित्र विचारमा ।१।🌷🙏🌺

सौभाज्ञशाली प्रतिभाशाली हुनु है भनेको ।
मायाको साथ आशिर्वाद ठुलाले दिएको ।
सम्झँदा पनि आनन्द लाग्ने विशाल चाड यो ।
अहिले वर्ष कोरोना साथ मिलेर आएको ।२।🌷🙏🌺

अहिले साल कोरोना काल बनायो बेहाल ।
कोरोना घर कोरोना बन साहित्य संजाल ।
कोरोना नाम पापी छ काम छाडेन नेपाल ।
दु:खको वर्षा अहिले वर्ष भालुको कपाल ।३।🌷🙏🌺

देशमा मन्दी घरमा बन्दी बिदेशी सन्धिमा ।
कालापानी र लिपुलेकको चर्केको घाउमा ।
नेपालीहरु बिदेशी भूमि नेपाली गाउँमा ।
महात्म्य गाई बसेको सुन्छु कोरोना नाउँमा ।४।🌷🙏🌺

ढाँट र छल लुकेको देख्छु धनको साथमा ।
सतित्व लुटी भागेका दुष्ट भेटिए बाटामा ।
समाती झट्ट कोरोना सुट्ट मसान घाटमा ।
आएर लानू रक्सीले माती सुतेको बेलामा ।५। 🌷🙏🌺

हराई गए पराइ भए नाता र कुटुम्ब ।
जाहेर गरे भेट्नको कुरा भइन्छ झसङ्ग ।
मनको इक्षा कोरोना थिच्छ थुनेर घरमा ।
कुल्चेर राख्यो टेकेर लुक्यो सबैको छातिमा ।६।🌷🙏🌺

बिपत्ति आयो शोकले छायो कोरोना करायो ।
मनमा थियो सुनौलो इक्षा खै कता हरायो ।
ओखती छैन देखिने हैन कसको के लाग्यो ।
जाँगर जोश मनमा जो छ त्यत्तिकै बिलायो ।७।🌷🙏🌺

तैपनि हामी प्रविधि हुँदा भएनौँ टुहुरो ।
टाढाको पनि नजिक ल्यायो बनायो एकोहोरो ।
मनका व्यथा कविता कथा नाटक रुपमा ।
पोखेर पनि हलुका हुने रहेछ छिनमा ।८।🌷🙏🌺

त्यसैले होला दुनियाँ सबै यसैमा भुलेको ।
कविले पनि कविता भन्दै सर्वत्र डुलेको ।
मनको व्यथा कविले पोख्छ कपिको पानामा ।
रमायो कवि आनन्द मानी दु:खको गानामा ।९ ।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺
Wed


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...