Thursday 1st October 2026

ब्यङ्ग्य कविताः बाँदरको गुट – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


मलाई पनि यौटा गुट खोलौँ खोलौँ लाग्यो।
उस्तै उस्तै बाँदरहरु जोडौँ जोडौँ लाग्यो।
मान्छे जाति आएदेखि धपाउनु पर्छ ।
यो जातिले हाम्रो कामको सारै निन्दा गर्छ ।१। 🌷🙏🌺🌷

भनिकन बाँदरहरु संगठनमा जुटे।
बाँदर मात्र अटाएका मान्छेहरु छुटे।
कताबाट बाँदरहरु नौलो बाँदर भेटी।
उसको लागि बाँदरहरु गरे मरी मेटी ।२। 🌷🙏🌺🌷

ढोग गरी पाउ परी आफ्नै गुटमा लगे
लगिकन बाँदर मन्त्र घोकाउन लागे।
बाँदर रुप लिईकन आएको त्यो मान्छे।
देखेर नै छक्क दङ्ग बाँदर हुँदा भान्से ।३। 🌷🙏🌺🌷

बाँदर रुप मानवले विरोध गर्न थाल्यो।
नराम्रा ती कुकर्मको पोल खुली हाल्यो ।
डराएका बाँदरहरु षडयन्त्रमा लागे।
एक दुई वाँदरहरु डराएरै भागे।४। 🌷🙏🌺🌷

बाँदर रुपी मान्छेलाई सारै कष्ट भयो।
बाँदरको स्वभाव त्यो सहिनसक्नु लाग्यो।
मान्छे रुपी एक्लो हुँदा बाँदरहरुले हेपे ।
इज्जत सबै लुटे अनि त्यहाँबाट खेदे ।५। 🌷🙏🌺🌷

मान्छे गई मान्छेको समुहमा मिल्यो।
बाँदरहरु खुशी भए मनोमानी भयो।
बाँदरले मान्छे निको नमानेको देखेँ।
दुवै पक्ष खुशी देख्दा यो कविता लेखेँ ।६। 🌷🙏🌺🌷

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺🌷


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...