Thursday 29th October 2026

नवदुर्गा पुजनार्थ सप्तदश: सुसेली -हरि शर्मा (गलकोटे कवि)


हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।१। 🌷🙏🌺

मेरो हवेली
अरु केही नहुँदा
दिएँ सुसेली ।२। 🌷🙏🌺

मनोभावना
विजयादशमीको
शुभकामना ।३। 🌷🙏🌺

घटस्थापना
घरघर कलश
राखौँ कुनामा।४। 🌷🙏🌺

घटस्थापना
कलशमा थापेर
दुर्गा पुजन ।५। 🌷🙏🌺

राख जमरा
सबैजना राख है
ढिला नगर ।६। 🌷🙏🌺

नवदुर्गाको
पुजा गर्दा घरमा
शक्ति बढ्ने हो ।७। 🌷🙏🌺

नवदुर्गाको
प्रथम रुप त्यो
शैलपुत्री हो ।८। 🌷🙏🌺

ब्रम्हाचारिणी
दोस्रो रुप दुर्गाको
भनी मानिने ।९। 🌷🙏🌺

चन्द्रघण्टाको
तेस्रो रुप देवीको
हुने मानियो ।१०। 🌷🙏🌺

भनी कुष्माण्डा
चौथो रुप देवीको
अति मान्य छ ।११। 🌷🙏🌺

स्कन्दमाताको
पाँचौ रुप देवीको
मानी आएको ।१२। 🌷🙏🌺

कात्यायनीको
छैठौँ रुप देवीको
सबै ठानेको ।१३। 🌷🙏🌺

कालरात्रीको
सातौँ रुप देवीको
सबै मानेको ।१४। 🌷🙏🌺

आठौँ रुप त्यो
महागौरी मानिन्छ
नवदुर्गाको ।१५। 🌷🙏🌺

सिध्दिदात्रीको
नवौं रुप दुर्गाको
सबै मानेको ।१६। 🌷🙏🌺

रुप अनेक
सबैजना मिलेर
पूजा गर्नु छ ।१७। 🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...