Monday 12th January 2026

७ महिनादेखि युएईमा अलपत्र १५ नेपालीको उद्धार


तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित ७ महिनादेखि अलपत्र परेका १७ नेपालीमध्ये १५ जना नेपालीको उद्धार गरी स्वदेश फर्काउने तयारी गरिएको छ।

उनीहरुको पिसीआरसमेत परीक्षण भइसकेको र केही दिनमै स्वदेश फर्काइने एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले बताए।

२ वर्षको करार अवधिका लागि युएई पुगेका उनीहरुलाई कोरोनाको कारण देखाउँदै कम्पनीले करार अवधि अगावै भिसा रद्ध गरी एक्जिट भिसा लगाइदिएको थियो। तर आफूसँग टिकट काट्ने पैसा नहुँदा उनीहरु स्वदेश फर्कन पाएका थिएनन्।

कम्पनीले कामबाट निकालेर खानसमेत नदिएपछि समस्यामा परेका उनीहरुलाई केही महिनादेखि एनआरएनए युएईले खाद्यान्न सहयोग गर्दै आएको थियो। एनआरएनए युएई तथा विभिन्न व्यक्ति र संघसंस्थाको पहलमा समस्यामा परेका १७ जनालाई स्वदेश फर्काउन गत १० अगस्टका लागि टिकट समेत काटिसकिएको थियो।

साभार नेपाललाइभबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...