Tuesday 31st December 2024

गजल -धर्मिला कार्की


पराई पनि आफ्ना हुन्छन् धन भयो भने
टाढा पनि नजिक बन्छ मन भयो भने

धन र मन को मात्रै कुरा के गर्नु हजुर
घर पनि सुन्दर देखिन्छ आँगन भयो भने

गाउँ बस्तीहरु पनि हराभरा देखिन्छन्
छेउछाउमा हरियाली रानीबन भयो भने

एकताले समृद्ध बन्ने समाज मात्र होइन
परिवार नै बलियो बन्छ पर्याप्त जन भयो भने

आजकाल आफूलाई त कुबेर झै लाग्छ हजुर
एक महिनालाई मात्रै पुग्ने रासन भयो भने

धर्मिला कार्की
महाराजगंज,काठमाडौँ


सम्बन्धित शीर्षकहरु

भारतले उन्नत प्राविधिक उपलब्धि हासिल गर्ने चौथो देश बन्ने प्रयासमा भारतीय निर्मित रकेटमा आफ्नो पहिलो अन्तरिक्ष डकिङ मिशन सुरु गरेको…

"डिसेम्बर 30, 2006 मा, सद्दाम हुसेन बिहान तीन बजे उठेका थिए र उनलाई केही समय पछि फाँसी दिइनेछ भनेर बताए।…

हिजो १८१ यात्रु बोकेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो, जहा १७९ यात्रुसहितले ज्यान गुमाएका थिए।…

प्रतिकृयाहरू
...