Wednesday 9th September 2026

गीति कविता- छन्द सवाई – दोसाँध


तितोपाटी
म त हजुर दोसाँधमा उभिएको मान्छे
न त यता न त उता दोधारमै बाँचेँको मान्छे

गलकोट जन्मघर अमेरिका बस्छु!

पिर ब्यथा मनैभरी अलिकति पोख्छु।
जन्मभूमी भन्ने गर्छ तँ त देश छाडिस्!
बिदेशले भन्ने गर्छ तँ बिदेशी परिस्!
कता जाने के पो गर्ने अलमल्ल भएँ!
को पो बुझ्ला मर्म मेरो आफै मात्र रोएँ।
मेरो पनि रगतमा नेपाल नै बग्छ!
ढुकढुकी तलमाथि नेपाल नै हान्छ!
बिदेश पस्न बाध्य भएँ अवसर मिल्दा!
ऐले पिडा धेरै भयो निस्की हाल्यो फुत्त।
कवि पनि बुझ्ने हैन कविको यो मर्का
किन होला यस्तो बिधि म त छक्क दङ्ग!
साहित्यमा राजनीति हुँन्न होला भन्थेँ!
कवि पनि त्यतै ढल्के किन होला गाँठे ।

किन होला तेरो मेरो छुट्ट्याउने कवि!
यो चालाले के पो बन्ला हाम्रो राम्रो छवि!
मान्छे हूँ म मान्छे बनी मान्छेको साथ!
मान सम्मान दिई लिई सँगै बाँच्ने आशा ।
धन्यवाद!!!

हरि शर्मा(गलकोटे कवि)
हाल: मिसिंगन, अमेरिका।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...