Wednesday 28th October 2026

एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारले ल्यायो अध्यादेश


सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी  कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ। कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शका आधारमा कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्को बैठकमा लगेको थियो।

गत भदौ २५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र कानुनको मस्यौदा तयार पारी ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएका थिए।  बालुवाटारमा एसिड आक्रमणबाट पीडितहरूसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरूसमेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका थिए।

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...