Monday 14th September 2026

लघुकथाः भताभुंग -नारायण कोइराला


गाँउ छोडेर सहर पसेको,पनि पाँच वर्ष पुग्यो मन दाईको। आफू विदेशमा दुःख कष्ट गरेर पनि आफ्नो परिवारलाई राम्रो सुख दिनुभएको थियो । कममा मिहिनेत अनि मिलनसार पनि हुनुहुन्थ्यो मन दाई । कसैलाई रुखो शब्द बोल्ने बानी थिएन वहाँको । दाईको नामले चिनिने गर्नु हुन्थ्यो । सधैँ साँझ बालबच्चा सँग रमाइलो गर्ने बानी थियो । एउटा छोरो अनि पुतली जाती छोरी पनि थिइन् ।
बालबच्चा पढाउन भनी गाउँ छोड्नु भएको थियो, के गर्नु गाउँमा आज पनि राम्रो विद्यालयको अभाव छ । धेरै विचार गरे पछि शहर आउनु भयको थियो मन दाई ।
दुःखको कुरा वहाँको आमा बुबा वितिसक्नु भयको थियो । एक्लो छोरो भयको हुँदा अरू दाजु भाई पनि हुने कुरो भएन । सानोनै टुहुरो भएको भए पनि वहाँले हिम्मत हार्नु भएन ।

घर परिवार सबथोक ठीक चली रहेको थियो। हामी पनि वहाँलाई आदर्श पुरूष मानेर धेरै कुरामा सल्लाह माग्दथ्यैं ।
किन हो कुन्नि ?आजभोलि मन दाईको अनुहारमा पहिला जस्तो रमाइलो पन कम छ । दुःख सुख पनि काम बाँड्नु भाछ । म वहाँको सब भन्दा मिल्ने साथी थिए।
खाना खाएपछि हामी छतमा बसेका थियौँ।यो टाइम वहाको घरमा कुरो गर्ने थियो। डराई डराई म मन दाई लाई प्रश्न गरे, दाई हजूर किन यस्तो निरास? यस्तै हो भाई जिन्दगीमा सुख दुःख आईरहन्छ। म चकित भए !वहाँको कुरा सुनेर। सायद म घर जान्छु होला? मलिन स्वरमा उतर दिनु भयो। मैले प्रति प्रश्न गरेँ, किन दाई? समयले बताउने छ,भन्दै तल झर्नु भो मैले पनि धेरै जिद्दी गरेर सोध्न सकिन ।
केही समय पछि मन दाई बिदा लिएर घर जानु भो हामी वहाँलाई विमानस्थल सम्म गएर बिदाइ गरी फर्कियौं।
नेपाल विमानस्थल झरे पछि म नेपाल अाइपुगेँ, भनी कल गर्नु भएको थियो ।

एकहप्ता भयो वहाँ सग कुरा नभएको,घरमा रमाइलो हुँदा बिर्सनु भयाे की भनी मैले पनि कल गरेको थिइन ।
आज मेरो मन मानेन र वहाँलाई कल गरे। लामो घन्टी पछि फोन उठाउनु भयो। दाईं आराम हुनुहुन्छ?हजूर भाई । वहाँको आवाज मलिन र बेदना भरिएको थियो । मैले सोधें, के भाे दाई? दाईको आवाज आएन एक छिन। म के बोल्ने ?जस्तो भाे। मलिन आवाज गर्दै भन्नु भो”भाई कसरी भन्नु ? नभनु भने पनि सत्य लुक्दैन । तिमीहरूकी भाउजु धन सम्पती लिएर अरू सँग भागिछन् । मत टुहुरो थिए,थिए बालबच्चालाई पनि टुहुरा बनाएर हिँडिछन् ।
दाईले फोन काट्नु भो । साथीहरु के भाे? के भो? भनेर म सँग सोध्न थाले , मैले छोटकरीमा बताएँ ।
सबैका आँखाबाट बरबरी आँसु झरे। एक आपसमा हेरी मात्र रह्यौं घटना सुनेर । उफ्! कसरी यति खुसियाली भएको परिवार भताभुंग भयो< हामी सँग उतर थिएन तानसेन पाल्पा हाल,यूएई


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...