Thursday 2nd May 2024

नेपालमा एकै दिन १८९३ जना कोरोना संक्रमित निको भए, थप ७ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ११७२ जना संक्रमित थपिएका छन् । सोहि अबधिमा १८९३ जना निको भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ६७८०४ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १७४१४ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ४३६ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल ४९९५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा एक जना महिला तथा ६ जना पुरूष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ९ लाख ४४ हजार ४ सय ७४ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार १ सय ४ जना रहेका छन् भने आइसियुमा २२० जना र भेन्टिलेटरमा ४३ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ९१८६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८२२८ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ३ करोड १८ लाख २९ हजार भन्दा बढि संक्रमित भइ २ करोड ३४ लाख ३१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ७६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...