Tuesday 9th June 2026

एकांकी नाटकः आमा र खजुर -नारायण कोइराला


आमा र खजुर

(एउटा सानो पार्क दुबोले हरियाली भएको वरिपरि ठूला खजुरका बोट,मानिसहरू आ-आफ्नो धुनमा । हामी तीनजना साथी भाई खजुरको बोटमुनि ।
मदनको फोन आयो, एक तर्फ लाए । खुजुरको बोटमुनि बसे)
मदन:हेलो हजूर! आमा भन्नु न, म सुन्दै छु।
आमा: साँच्चै छौ,बाबु आज त बिदा होला नि। के गर्दै छौ?
मदन: ठीक छ,हो आज बिदा आमा यसो बाहिर बस्दै छु।अनि बाबुहरु बुहारी साँच्चै छन?
आमा: सबै ठीक छन्,मलाई बरु ज्वरो अनि दाम पनि बढेको छ।
मदन:होर !आमा मौसम बदलिया छ,ख्याल गर्नु है।
आमा:मत घरमा छु बुहारी छिन् नाति छ्न,मलाई केहि भए हेर्छन।बरु तिमी विदेशमा छौ, आफ्नो ख्याल गर्नु ।आमाको मन हो बाबु! पिर लाग्छ तिम्रो।
मदन:आमा पनि म आफ्नो ख्याल गर्छु पिर नमान्नु ल।
आमा:यसपाली त घर आऊन पनि डिलो हुन्छ भन्छौ, खोई! के हो , के हो?
जता ततै बीमारी फैलिएको छ ,भन्छन्?
मदन: आमा पनि के पिर लिनु भाको म ठीक छु, आउँछु नी अलि कति ढिलो होला त्यति त हो नी।
आमा:आमाको मन कहा मान्छ त?
मदन:पिर नगर्नुस्,बरु भन्नु न के कोस्यलि लिएर आऊ आउँदा।
आमा :बाबु तिमी राम्ररी आए ,पुग्छ मलाई।अरू केही चाहिन्न।
मदन: त्यसो न भनुन् ,हजुरको आशिर्बाद छ नी केहि हुन्न मलाई।
आमा:बाबु मेरो दवाई खाने बेला भाे।
मदन:होर आमा ।
आमा:होनी बाबु ,अरू त के भनु ? तिमीले ल्याएको खजुर सारै मिठो लाग्छ मलाई।
मदन: हाँस्दै! हुन्छ नी आम म लिएर आउँछु ल।
हुन्छ बाबु आफ्नो ख्याल राख्नु। समयमा खानु।
मदन: हस् आमा आशिर्बाद दिनु।
आम:आशिर्बाद ।
फोन काटियो मदन साथि भए तिर गए।

तानसेन पाल्पा
हाल, यूएई


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...