Monday 22nd June 2026

नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ संक्रमित, संक्रमितको संख्या ६४ हजार कट्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा १३२५ जना संक्रमित थपिएका छन् । सोहि अबधिमा ९६६ जना निको भएका छन् भने थप १० जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ६४१२२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १७४७८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ४११ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार अाइतबार अपरान्ह सम्म कुल ४६२३३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ६ महिला र ४ पुरूष गरि १० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ९ लाख १४ हजार २ सय ९० जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार ४ सय ५१ जना रहेका छन् भने आइसियुमा १९० जना र भेन्टिलेटरमा ३६ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ८४०७ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९०७१ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ३ करोड १० लाख ७२ हजार भन्दा बढि संक्रमित भइ २ करोड २६ लाख ५८ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ६२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...