Wednesday 28th October 2026

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको कुल संख्या ४११ पुग्यो


तितोपाटी – कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । प्रवक्ता डा.जागेश्वर गौतमले मृतकमा ६ जना महिला र ४ जना पुरुष रहेको बताए । मृतकहरू विभिन्न ७ जिल्लाका रहेका छन् ।

मृतकमा काठमाडौँका ३ जना रहेका छन् । ४० वर्षीया, ६० वर्षीया र ६३ वर्षीया महिलाको मृत्यु भएको हो ।

ललितपुरका ७५ वर्षीया, भक्तपुरका ७२ वर्षीया र पाल्पाका ४० वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा चितवनका ८० वर्षीय, रुपन्देहीका ६७ वर्षीय, धुनषाका ७६ वर्षीय र काठमाडौँका ८२ वर्षीय रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...