Friday 11th September 2026

नेपालमा एकै दिन २ हजार बढि कोरोना संक्रमित भेटिए, थप ७ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन २ हजार भन्दा बढि मानिस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २०२० जना संक्रमित थपिएका हुन् । यो संख्या दैनिक संक्रमित हुने अहिले सम्मको अधिकतम हो । सोहि अबधिमा ८७१ जना निको भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ६१५९३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १७३८३ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३९० पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल ४३८२० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा २ महिला र ५ पुरूष गरि ७ जना रहेका छन् । मृतकहरूमामा काठमाडाैंकी ८५ वर्षीया महिला र ललितपुरकी ६६ वर्षीया महिला रहेका छन् भने मोरङका ६६ वर्षीय २ पुरूष, काठमाडाैंका ८८ वर्षीय पुरूष,भक्तपुरका ८२ वर्षीय पुरूष र नवलपरासीका ३१ वर्षीय पुरूष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना रहेका छन् भने आइसियुमा १७३ जना र भेन्टिलेटरमा ३६ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ८०८८ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९२९५ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ३ करोड ४ लाख ७ हजार भन्दा बढि संक्रमित भइ २ करोड २० लाख ९२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ५१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...