Thursday 2nd May 2024

नेपालमा एकै दिन अहिले सम्मकै धेरै १५३९ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १५३९ जना संक्रमित भएका छन् । एकै दिनमा थपिएकाे याे संख्या हालसम्म कै उच्च हाे । सोहि अबधिमा १०६८ जना निको भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ५८३२७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १६२४२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३७९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ४१७०६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ४ महिला र ४ पुरूष गरि ८ जना रहेका छन् । मृतकमा काठमाडाैंका ७४ र ७१ वर्षीया दुइ महिला, काभ्रेपलाञ्चोककी ५५ वर्षीया महिला र बाराकी ४६ वर्षीया महिला रहेका छन् भने सुनसरी र कास्कीका ७० वर्षीया एक-एक जना पुरूष, काभ्रेपलाञ्चोकका ४१ वर्षीय पुरूष र सप्तरीका ३५ वर्षीय पुरूष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख ७२ हजार २ सय ७४ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार ८ सय २० जना रहेका छन् भने आइसियुमा १७३ जना र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७७०१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८५४१ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ९७ लाख ६२ हजार भन्दा बढि संक्रमित भइ २ करोड १५ लाख ६३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ३९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...