Tuesday 27th October 2026

गजल -हरि शर्मा (गलकोटे कवि)


धेरै जसो समयमा बन्यौ सानू ऋध्दि तिमी ।
समस्यामा फेरि आफू बनी आयौ सिध्दि तिमी ।। ???

प्रगतिको शिखरमा पुग्ने बेला झण्डै भयो
गराएको थपिकन वृध्दि माथि वृध्दि तिमी ।। ???

समानता अँगालेर अघि बढ्यौँ तिमी हामी
त्यसैले त गराएकी मेरो अभिवृध्दि तिमी ।। ???

सबै कुरा राम्रै भयो अभिवृध्दि हुँदै गयो
बन्नु सँधै मेरो लागि भर्जन्म समृद्धि तिमी ।। ???

अरुको नि कुरा सुने राम्रै हुन्थ्यो होला कि त
किन हो र ? कैले काहीँ आफ्नै मात्र जिद्दी तिमी ।। ???

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिशिगन अमेरिका ।???


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...