Thursday 20th August 2026

नेपालमा पछिल्लो २४ घण्टामा थप ११७० जना संक्रमित, ८७९ निको भए, थप १५ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ११७० जना संक्रमित भएका छन् । सोहि अबधिमा ८७९ जना निको भएका छन् भने थप १५ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ५५३२९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १५३९३ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३६० पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल ३९५७६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ९ जिल्लाका ५ महिला र १० पुरूष गरि १५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख ५१ हजार ४सय ५ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ६ हजार ८ सय ९२ जना रहेका छन् भने आइसियुमा १७९ जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७२७५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८११८ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ९२ लाख २० हजार भन्दा बढि संक्रमित भइ २ करोड १० लाख ४६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख २९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...