Friday 2nd October 2026

गजल -हरि शर्मा (गलकोटे कवि)


धेरै वर्ष पहिलेको कुरा हो तर कथा भने पटक्कै हैन । त्यतिखेर मैले यो गजल लेखेँ । आज पनि सान्दर्भिक नै लाग्यो र यहाँ प्रस्तुत गरेँ । सल्लाह सुझाव शिरोपर गर्नेछु । ???
ढोगेँ मैले सजल!
दिएँ है त गजल!
कस्तो भयो होला खै,
नभन्नू है फजल!!!~~~~???

बिरामी छौ भन्ने सुन्छु सिटामोल खानू सानू!
कस्तो खाले बिरामी हो कसरी म जानूँ सानू !! <१>???

ब्यथा पाल्नु कुनै बेला मानिँदैन राम्रो कतै !
निको यदि नभएमा हस्पिटल जानू सानू!! <२>???

सँसारमा को पो छ र मन बुझिदिने मेरो!
तिमी बिना आफ्नो को हो भनी ठानूँ सानू!! <३>???

तिमी भन्छौ परदेश बस्ने मन छैन मेरो!
त्यस्तो इक्षा हुँदा हुँदै कसो गरी तानूँ सानू!! <४>???

राम्रो तिम्रो आनीबानी देवी सरी पूजा गर्छु!
सरस्वती मानेँ मैले किन अरु मानूँ सानू !! <५>???

साहित्य यसैमा सिमित छ । कसैको व्यक्तिगत जीवनमा ठ्याक्कै मेल खाएमा यो केवल संयोग मात्र हुनेछ । ???

-हरि शर्मा (गलकोटे कवि)
गलकोट-बागलुङ, नेपाल
हालः मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...