Monday 5th October 2026

केहि मन छुने मुक्तकहरू -राम भण्डारी


गाउँ-बस्ती भन्दा सुनसान शहर हुनथाल्यो ।
आफ्ना जन सँग छिट्टै भेट्ने रहर हुनथाल्यो ।
जाने हो कहाँ?कसोगरी बाँच्ने अनि बचाउने
जिबन धान्ने यो अमृत पवन जहर हुनथाल्यो ।

म झर्दै छु रे भन्छन् तर उकालो चढेझैं लाग्छ ।
मर्दै छु भन्छन् तर बाँच्ने आशा बढेझैं लाग्छ ।
मलाई शंका छ झुटा विवरण सुनेर त्यसैले
मेरो आत्मबल ले सबैको मन डढेझैं लाग्छ ।

मन सँग यो विचार पनि झस्किएर गयो ।
खाटा बसेको घाउ झन् चस्किएर गयो ।
वायू बेग जस्तैगरि आयो बिना प्रवेशाज्ञा
ईतिहास ले नभुल्ने व्यथा पस्किएर गयो ।

कस्ले खोल्छ दु:खी जनका पोकाहरु सबै ।
संगालेर गाँठो पारि राखेका धोकाहरु सबै ।
समाज को तिरस्कार सहन्छु बरु बिन्ती छ
कहिल्यै बन्द नहोस मनका ढोकाहरु सबै ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैँ ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...