Wednesday 22nd July 2026

नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो, थप १४ जनाको मृत्यु,


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२०१ जना संक्रमित भएका छन् । सोहि अबधिमा ८५२ जना निको भएका छन् भने थप १४ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ५३१२० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १५२६० जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३३६ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल ३७५२४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा विभिन्न १० जिल्लाका ३ महिला र ११ पुरूष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख ३१ हजार ३ सय ६२ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ६ हजार ३ सय ५४ जना रहेका छन् भने आइसियुमा १६० जना र भेन्टिलेटरमा २४ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ६१५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९१०७ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ८६ लाख ९२ हजार भन्दा बढि संक्रमित भइ २ करोड ६ लाख ६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख २० हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...