Monday 26th October 2026

केहि चोटिला मुक्तकहरू -मुस्कान ‘मुस्कान’


यो कोरोना रोग होइन मान्छे मार्ने खेल हो ।
त्यो अस्पताल रहेन कैदी राख्ने जेल हो ।
डाक्टर र वैज्ञानिक के को रमिता गर्दैछन्,
जनताले भन्न थाले राजनीतिक भेल हो ।

यो मुस्कानको जवानी लुटेपछि आयौ ।
शरीरको विभिन्न अंग फुटेपछि आयौ ।
यस्तै राम्रो वकिलको आवश्यक थियो,
अपराधीहरू जेलबाट छुटेपछि आयौ ।

बारम्बार महिला हिंशा हेर्न सक्दिन महोदय ।
एक्लैले देशको नियम फेर्न सक्दिन महोदय ।
लौन केहि बाँच्ने उपाय गर्दिनोस चेलीलाई,
शरीर वरिपरि काँडेतार बेर्न सक्दिन महोदय ।

-मुस्कान ‘मुस्कान’
धनकुटा, पाख्रीबास
मो. नं. 9848877361


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...