Monday 5th October 2026

नेपालमा कोरोनाः संक्रमितको कुल संख्या ५० हजार नाघ्यो, ३५७०० जना निको भए


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जना संक्रमित भएका छन् । सोहि अबधिमा १८१८ जना निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ५०४६५ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४४४८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३१७ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल ३५७०० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा काठमाडाैंका ३ जना तथा चितवन र कपिलवस्तुका १-१ जना रहेका छन् । काठमाडाैंकी ५५ वर्षीया एक महिला, काठमाडाैंका ८३ र ५९ वर्षीया २ पुरूष, चितवनका ६२ वर्षीय र कपिलवस्तुका २९ वर्षीय पुरूष गरि १ महिला तथा ४ पुरूष गरि ५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख १० हजार ४ सय ८५ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ५ हजार ८ सय ६ जना रहेका छन् भने आइसियुमा १६५ जना र भेन्टिलेटरमा २१ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ६४३८ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८०१० जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ८० लाख ५७ हजार भन्दा बढि संक्रमित भइ २ करोड १ लाख २३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख * हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...