Friday 2nd October 2026

किबोर्ड हलो – लोक छन्द (सवाई) -हरि शर्मा (गलकोटे कवि)


बिहानको आठ बज्दा मेलो जोत्न शुरु !
बेलुकीको पाँच बज्दा फुकाउँछु गोरु !
धेरै जसो रोपाइँ त केही दिन बन्द !
जोत्या-जोत्यै गर्दा पनि नसिद्धिने धन्दा ।१।????

मनिटर खेत मेरो किबोर्ड हो हलो !
दुई हात गोरु परे जोत्छु बाँझो मेलो !
राउटर स्विच नामका डल्ला मैले फोर्छु !
पेशाले म इन्जिनियर कतै चित्र कोर्छु ।२।????

जमानाले कोल्टे फेर्दा उन्नत जाते गोरु!
घरमै बसी जोत्न मिल्ने के भनौँ म अरु !
कहिले भारत युरोप मेलो कहिले हङ्कङ तिर।
मेक्सिको र चीन तिरको पार्छु मेलो चिरा ।३।????

अम्रिकाने खेत भने जोत्न अति सारो !
के दिनमा हली लाएँ पर्‍यो आज गाह्रो !
दिनमा त्यहीँ शान्ति फेरि खाजा लिई आउँछिन्!
फाट्ट-फुट्ट कविताले यता आँखा लाउँछिन्।४।????

मिठो मिठो घाँसतिर लोभिएका गोरु !
कोरोनाको कहरले भएँ बाचूँ मरूँ !
यो चालले बितेका छन् मेरा दिनहरू!
हजुरको के छ कुन्नि सुनौँ न त बरू ।५।????

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...