Monday 26th October 2026

कवि दयालु (बालोरी) -हरि शर्मा (गलकोटे कवि)


लोक छन्द: बालोरी (बाल गीत)

“कुरा गर्छन कसरी, भँगेरा र भँगेरी जस्तै गाउन मिल्ने” ।

कवि लेख्ने कविता, ज्ञान छर्ने सविता,
जहाँ रवि नपुग्ने,त्यहाँ पुग्ने उनी त ।
आफू आफै भोगेको, समाजमा घटेको ।
दुई आँखा देखेको, कवितामा टिपेको । १ ।????

ऐना जस्तै गरेर, समाजका घटना ।
सत्य सत्य कुराको, गरिकन उत्थान ।
स्वच्छ मनोभावना, भलाईको चाहना ।
सानो ठूलो सबैको, घरका ती जहाँन । २ ।????

हाँस्य, ब्यङ्ज्ञ, कटाक्ष,समयको सापेक्ष ।
अर्को पक्ष मायाको, देखिने छ अबश्य ।
अरुले खै के भन्छ, गरिदिन्छ बेवास्ता ।
आफ्नो कुरा छर्लङ्ग खोले पछि सुबिस्ता । ३ ।????

कवि मन मायालु, कवि धेरै दयालु ।
कतै रुप बूढाको कतै बन्छ बैँसालु ।
कतै कवि हँसायो, कतै कवि रुवायो
कतै रीस उठायो, कतै मान्छे जुटायो । ४ ।????

कवि झुटो बोल्दैन, अत्याचार गर्दैन।
ऐना जस्तै छर्लङ्ग, धन्दा मान्नु पर्दैन ।
कविताको आरती,कविता नै सारथि ।
कविका ती कविता,आऊ पढौँ हे साथी।५।????

हरि शर्मा (गलकोटे कवि)
गलकोट-बागलुङ, नेपाल
मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...