Monday 26th October 2026

नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, मर्नेको संख्या ३०० पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व समुदायलाइ त्राहीत्राही पारिरहेको कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अाज अध्यावधिक गरिएको १८६ अाैं मिडिया ब्रिफिङमा बताइएको छ । मृत्यु हुने हरूमा प्रदेश १ का एक जना पुरूष, प्रदेश २ का २ जना पुरूष, प्रदेश ३ का ३ महिला र ३ पुरूष गरि ६ जना, प्रदेश ४ का १ जना महिला र प्रदेश ५ का १ जना पुरष रहेका छन् ।

मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्। मृत्यु हुने महिलामा तीनजना काठमाडौंका छन् भने एक जना कास्कीकी रहेकी छन्। मन्त्रालयका अनुसार काठमाडौंका ९०, ८३ र ३७ वर्षीया र कास्कीकी ६३वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यसैगरी सिराहाका ८७ र ६२ वर्षीय दुईजना पुरूष, मोरङका ७६ वर्षीय पुरूष,सर्लाहीका ३५ वर्षीय पुरूष, दोलखाका ६९ वर्षीय पुरूष, मकवानपुरका ३९ वर्षीय पुरूष र बाँकेका ५९ वर्षीय पुरुषको निधन भएको राष्ट्रय अध्यावधिक प्रतिवेदनमा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...