Friday 11th September 2026

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना सक्रमित भइ १७३६ निको भए, थप ११ को मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४७२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६२५९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३०० पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना जितेर घर फर्केका छन् भने ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल ३०६७७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा काठमाडाैंका ३ र कास्कीकी १ गरि ४ महिला तथा सिराहा का २ जना र मोरङ, सर्लाही, दोलखा, मकवानपुर र बाँकेका १-१ जना गरि ७ पुरूष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ७७ हजार ५ सय ६३ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ४ हजार ७ सय ३९ जना रहेका छन् भने आइसियुमा १७१ जना र भेन्टिलेटरमा २० जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७१९० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९०६९ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ७३ लाख ९ हजार भन्दा बढि संक्रमित भइ १ करोड ९३ लाख ८० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ९३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...