Friday 2nd October 2026

गीति कविताःसुसेली -हरि शर्मा (गलकोटे कवि)


गीति कविता
सुसेलीको आरम्भ
हाम्रो देशमा ।१। ????????

शैली हाइकु
पाँच सात पाँचमा
लेखौँ भन्दैछु ।२। ????????

छ गेयात्मक
लय पनि मिल्दछ
यो लयात्मक ।३। ????????

बेला बेलामा
कविसाथीहरुले
लेखौँ भन्छु म ।४। ????????

मैले कुरेको
यो कार्यक्रमको
म त भक्त हो ।५। ????????

भोलि बिहान
किन मैले छाडौँला
ज्ञान मुहान ।६। ????????

गरेँ नमन
सँचालकहरुको
काम महान ।७। ????????

कवि महान
कविहरु सबै नै
हाम्रा जहान ।८। ????????

श्रोता पाहुना
यो पढ्नेहरुलाई
गरेँ प्रणाम ।९। ????????

भोलि भेटौँ है
म त पक्कै आउँला
आफू कसो खै ? ।१०। ????????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।????????


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...