Wednesday 9th September 2026

सुसेली -हरि शर्मा (गलकोटे कवि)


भागवत गीता

लिए कौरव
नारायणी सेना त
हार्नु पक्कै छ। <१>???

धनु हातमा
अर्जुनको आडमा
कृष्ण साथमा । <२> ???

भाग्वत गीता
अति राम्रो साहित्य
पढ्नु भा छ त ?<३>???

कर्म बखान
कृष्णजीको मुखको
मिठो बयान । <४>???

कथा भिष्मको
पितृभक्ति साथको
अति सुनौलो । <५> ???

कर्ण अपार
को पो माथ गर्दछ ?
दानी बेहोरा। <६>???

दुर्योधनको
दङ्ग पार्ने चरित्र
अहंकारको । <७>???

दल्नु दलेको
दुर्योधन दुष्टले
दु:ख दिएको । <८>???

चीर हरण
दु:सासन दुष्ट त्यो
थाल्यो कुर्लन । <९> ???

कर्म ठूलो छ
महाभारत भन्दछ
गर्नु पर्दछ । <१०>???

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ???


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...