Saturday 24th October 2026

नेपालमा कोरोनाबाट आज पनि १२ जनाको मृत्यु, मर्नेहरूको कुल संख्या २०७ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १२ जनाको मृत्यु भएको छ । यस अघि हिँजो पनि कोरोना संक्रमणको कारण १२ जनाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरू काठमाडाैं, ललितपुर, भक्तपुर र पर्साका २-२ जना रहेका छन् भने सिरहा, गोरखा, कास्की र पाल्पाका १-१ जना रहेका छन् । तीमध्ये ३ महिला र ९ पुरुष छन्।

मन्त्रालयका अनुसार भक्तपुरकी ६२ वर्षीया महिला, काठमाडाैंकी ५१ वर्षीया महिला र पाल्पाकी ३० वर्षीया महिला गरि ३ जना महिलाको मृत्यु भएको हो

त्यसैगरी सिरहाका ८४ वर्षीय पुरूष, काठमाडाैंका ८३ वर्षीय पुरूष, भक्तपुरका ८२ वर्षीय पुरूष,  ललितपुरका ७२ र ६१ वर्षीय पुरुष, कास्कीका ५८ वर्षीय पुरूष, पर्साका ४८ र ३९ वर्षीय पुरूष तथा गोरखाका ३८ वर्षीय पुरूष गरि ९ जना पुरूषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

 


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...