Sunday 4th October 2026

नेपालमा कोरोनाबाट आज पनि १२ जनाको मृत्यु, मर्नेहरूको कुल संख्या २०७ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १२ जनाको मृत्यु भएको छ । यस अघि हिँजो पनि कोरोना संक्रमणको कारण १२ जनाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरू काठमाडाैं, ललितपुर, भक्तपुर र पर्साका २-२ जना रहेका छन् भने सिरहा, गोरखा, कास्की र पाल्पाका १-१ जना रहेका छन् । तीमध्ये ३ महिला र ९ पुरुष छन्।

मन्त्रालयका अनुसार भक्तपुरकी ६२ वर्षीया महिला, काठमाडाैंकी ५१ वर्षीया महिला र पाल्पाकी ३० वर्षीया महिला गरि ३ जना महिलाको मृत्यु भएको हो

त्यसैगरी सिरहाका ८४ वर्षीय पुरूष, काठमाडाैंका ८३ वर्षीय पुरूष, भक्तपुरका ८२ वर्षीय पुरूष,  ललितपुरका ७२ र ६१ वर्षीय पुरुष, कास्कीका ५८ वर्षीय पुरूष, पर्साका ४८ र ३९ वर्षीय पुरूष तथा गोरखाका ३८ वर्षीय पुरूष गरि ९ जना पुरूषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

 


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...