Friday 11th September 2026

नेपालको कोरोना अपडेटः ३७ हजार बढि संक्रमित, २०७ जनाको मृत्यु, २०५५५ निको भए


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३७३४० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६५९० जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २०७ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना जितेर घर फर्केका छन् भने १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल २०५५५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ३ जना महिला र ९ जना पुरूष गरि १२ जना रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख ६९ हजार ६ सय २६ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् भने अाइसियुमा १७५ जना र भेन्टिलेटरमा २२ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ६४४५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १०१४५ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ४९ लाख ४३ हजार भन्दा बढि संक्रमित भइ १ करोड ७३ लाख १९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ४२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...