Sunday 4th October 2026

पछिल्लो २४ घण्टामा थप ८८५ जना संक्रमित, थप ११ जनाको मृत्यु, कुल संक्रमित ३४४१८


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३४४१८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४७३९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १७५ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना जितेर घर फर्केका छन् भने ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल १९५०४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय २ पुरुष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख ३५ हजार २ सय ५२ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ९ हजार ८ सय ३२ जना रहेका छन् भने भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ६०२८ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८७११ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ४० लाख ९२ हजार भन्दा बढि संक्रमित भइ १ करोड ६६ लाख ३३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख २४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...