Sunday 19th May 2024

भोलि मंगलबारबाट पुनः चार्टर उडान शुरू हुने


तितोपाटी – विदेशमा रहेका नेपालीको उद्धारका लागि भोलि मंगलबारबाट पुनः चार्टर उडान शुरू हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो ।

मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । नयाँ तालिका अनुसार, विदेशी वायुसेवाले मंगलबारदेखि नै उद्धार उडान गर्दै छन् भने नेपाली वायुसेवा कम्पनीहरु हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगमले बिहीबारदेखि उद्धार उडान थाल्ने छन् । नेपाल वायुसेवा निगमले रियाद, क्‍वालालम्पुर, दुबई, कतार र कुवेतबाट नेपाली नागरिकहरु उद्धार गर्न अनुमति पाएको छ भने हिमालय एयरलायन्सलाई दमाम, क्‍वाललम्पुर, आबुधाबी र दोहाका लागि उडान गर्न अनुमति पाएको छ ।

सरकारले १६ भदौबाट भने नियमित उडान गर्ने निर्णय गरिसकेको छ । त्यसअगाडी ८ दिनका लागि चार्टर उडान हुन लागेको हो । अब नेपाल आउने सबै यात्रुको अनिवार्य पीसीआर रिर्पोट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वारेन्टिनमा राखेको खर्च एयरलाइन्सले नै बेहोर्नुपर्छ ।

नेपाल आइसकेपछि पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरूले होटल क्वारेन्टाइनमा बस्नु पर्ने छैन भने बाँकी सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्छ । यसरी बस्दाको खर्च आफैंले बेहोर्नुपर्छ । यसरी चार्टर उडान भर्दा दिनमा ५ सयजना मात्रै भित्रिन अनुमति दिइनेछ । टर्किस र कतार एयरले एक उडानमा मात्र १ सय जना सम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...