Friday 21st August 2026

भोलि मंगलबारबाट पुनः चार्टर उडान शुरू हुने


तितोपाटी – विदेशमा रहेका नेपालीको उद्धारका लागि भोलि मंगलबारबाट पुनः चार्टर उडान शुरू हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो ।

मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । नयाँ तालिका अनुसार, विदेशी वायुसेवाले मंगलबारदेखि नै उद्धार उडान गर्दै छन् भने नेपाली वायुसेवा कम्पनीहरु हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगमले बिहीबारदेखि उद्धार उडान थाल्ने छन् । नेपाल वायुसेवा निगमले रियाद, क्‍वालालम्पुर, दुबई, कतार र कुवेतबाट नेपाली नागरिकहरु उद्धार गर्न अनुमति पाएको छ भने हिमालय एयरलायन्सलाई दमाम, क्‍वाललम्पुर, आबुधाबी र दोहाका लागि उडान गर्न अनुमति पाएको छ ।

सरकारले १६ भदौबाट भने नियमित उडान गर्ने निर्णय गरिसकेको छ । त्यसअगाडी ८ दिनका लागि चार्टर उडान हुन लागेको हो । अब नेपाल आउने सबै यात्रुको अनिवार्य पीसीआर रिर्पोट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वारेन्टिनमा राखेको खर्च एयरलाइन्सले नै बेहोर्नुपर्छ ।

नेपाल आइसकेपछि पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरूले होटल क्वारेन्टाइनमा बस्नु पर्ने छैन भने बाँकी सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्छ । यसरी बस्दाको खर्च आफैंले बेहोर्नुपर्छ । यसरी चार्टर उडान भर्दा दिनमा ५ सयजना मात्रै भित्रिन अनुमति दिइनेछ । टर्किस र कतार एयरले एक उडानमा मात्र १ सय जना सम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...