Saturday 18th May 2024

नेपालमा पछिल्लो २४ घण्टामा ७४३ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु, कुल १५७ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३२६७८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १३७१५ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १५७ पुगेको छ । आइसोलेसनमा रहनेहरू मध्येमा ४५६१ जना होम आइसोलेशनमा छन् भने बाँकी ९१५४ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना जितेर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १८८०६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा सुनसरीका ६८ वर्षीया पुरूष, मोरङका ६५ वर्षीय पुरूष, पर्साकी ७० वर्षीया महिला, काठमाडाैंकी ४८ वर्षीया महिला, रूपन्देहीकी एक ६७ वर्षीया महिला तथा ३८, ५३ र ५४ वर्षीय पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख १० हजार ६ सय ७८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । आइसियुमा १३७ जना र भेन्टिलेटरमा १० जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ३६ लाख १३ हजार भन्दा बढि संक्रमित भइ १ करोड ६१ लाख ३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख १३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...