Friday 11th September 2026

नेपालको कोरोना अपडेटः थप ८१८ संक्रमित भेटिए, मर्नेको संख्या १४९ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३१९३५ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १३१५५ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १४९ पुगेको छ । आइसोलेसनमा रहनेहरू मध्येमा ३९४३ जना होम आइसोलेशनमा छन् भने बाँकी ९२१२ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल १८६३१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा पर्साकी ५३ वर्षीया महिला, सर्लाहीकी ३३ वर्षीया महिला र झापाका ५८ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।
हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख ४ सय ४४ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेका छन् । आइसियुमा १३७ जना र भेन्टिलेटरमा १० जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ३४ लाख १६ हजार भन्दा बढि संक्रमित भइ १ करोड ५९ लाख ५२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...