Saturday 18th May 2024

कोरोना महामारी २ वर्ष भित्र अन्त्य हुन सक्ने डब्लुएचओको भनाइ


तितोपाटी – विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने बताएका हुन् ।

महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण भाइरसको नियन्त्रण छिटो हुनेमा आफू आशावादी रहेको बताए । ‘विश्वव्यापीकरणका कारण भाइरस तीव्र रुपमा फैलिने सम्भावना अवश्य छ तर त्यसैगरी हामीसँग भएका प्रविधि र ज्ञानले यसलाई रोक्न सकिनेछ,’ उनले भने, ‘तर यसका लागि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यबद्धताको आवश्यकता पर्छ ।’

सन् १९१८ को स्पेनिस फ्लूका कारण करिब ५ करोड मानिसको मृत्यु भएको थियो ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म विश्वभर ८ लाख ३ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै यस भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ३१ लाख नाघेको छ ।

 


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...