Saturday 3rd October 2026

नेपालमा पछिल्लो २४ घण्टामा ८३८ जना संक्रमित थपिए, थप ११ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३०४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १२१३२ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३५८६ जना होम आइसोलेशनमा छन् भने बाँकी ८५४६ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १८२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर घर फर्केका छन् भने ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल १८२१४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेमा एक महिला र १० पुरुष रहेको एवम् ती मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका रहेको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ५ लाख ७९ हजार ८ सय ९९ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १२ हजार २ सय ३४ जना रहेका छन् । आइसियुमा १३३ जना र भेन्टिलेटरमा १५ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड २९ लाख ८६ हजार भन्दा बढि संक्रमित भइ १ करोड ५६ लाख १४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ९९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...