Saturday 18th May 2024

नेपालको कोरोना अपडेटः थप ७०७ जना संक्रमित, ६ जनाको मृत्यु, २६४ जना निको भए


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २९६४५ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११५५५ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३४७२ जना होम आइसोलेशनमा छन् भने बाँकी ८०३८ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २०० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २६४ जना कोरोना जितेर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल १७९६४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेमा काठमाडौं र पर्साका १ –१ महिला तथा मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जना रहेको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १२६ पुगेको छ । हालसम्म देशभरभा ३९ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ५ लाख ६६ हजार २ सय २० जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार ७ सय ६८ जना रहेका छन् । आइसियुमा १२९ जना र भेन्टिलेटरमा ७ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड २६ लाख ११ हजार भन्दा बढि संक्रमित भइ १ करोड ५३ लाख २६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ९१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...