Friday 11th September 2026

नेपालमा एकै दिन १०१६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित २८२५७ भए


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा एकै दिन थप १ हजार १६ संक्रमित भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८२५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १०५६३ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा २८८७ जना होम आइसोलेशनमा छन् भने बाँकी ६७५२ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना जितेर घर फर्केका छन् भने ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल १७५८० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । मृतकहरू काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँको भएको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ । हालसम्म देशभरभा ३९ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ५ लाख ४२ हजार ८ सय ६६ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १३ हजार ९ सय २६ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड २१ लाख २ हजार भन्दा बढि संक्रमित भइ १ करोड ४८ लाख ४० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ७८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...