Saturday 3rd October 2026

नेपालमा संक्रमितको कुल संख्या २७ हजार नाघ्यो, थप ३ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २७२४१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९६३९ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा २,६०१ जना होम आइसोलेशनमा छन् भने बाँकी ७,०३८ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १७४९५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाण्डूकी ५८ वर्षीया महिलाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १०७ पुगेको छ । हालसम्म देशभरभा ३९ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ५ लाख २९ हजार ४ सय २७ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १५ हजार १ सय ९८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड १८ लाख ५२ हजार भन्दा बढि संक्रमित भइ १ करोड ४५ लाख ७५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ७३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...