Wednesday 28th October 2026

सिन्धुपाल्चोकको लिदी पहिरो अपडेटः २८ घर पुरिए, ३५ जना बेपत्ता(फोटो फिचर सहित)


९ जनाको जिवितै उद्दार, गम्भीर घाइते ५ जनालाइ सेनाको हेलिकोप्टरबाट काठमाडाैं ल्याइयो

सिन्धुपाल्चोककाे जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साढे ६ बजे अविरल वर्षासँगै आएको पहिरोमा परेर कम्तिमा ३५ जना मानिस बेपत्ता भएका छन् । पहिरोले २८ घर पुरेको छ । नौ जना घाइते भएका छन् । गम्भीर घाइते भएका ५ जनालाइ सेनाको हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडाैं ल्याइएको छ ।

घटनास्थलमा स्थानीय जनता, जनप्रतिनिधि, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले उद्दार कार्य अगाडि बढाएका छन् । यसै बिच सभामुख अग्निप्रसाद सापकोटा पहिरो निरीक्षणका लागि सिन्धुपाल्चोकको लिदी पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रको निरीक्षणका लागि गएका हुन् ।

१७२ घर धुरी भएको लिदी गाउँमा २८ घरका ३५ मानिस पहिरोले पुरिएको भने पनि घटनाको पूर्ण विवरण आउन बाँकी नै छ तर स्थानीयको भनाइ अनुसार कम्तीमा ४० घर पुरिएका छन् । त्यतिकै संख्यामा मानिस पनि पुरिएको अनुमान छ । ठूलो पहिरो गएको र गाउँको बीचमा भएकोले यथार्थ खुल्न बाँकी छ ।

पहिरोको उच्च जोखिममा सिन्धुपाल्चोकका विभिन्न स्थानमा रहेका यसअघि पनि  पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...