Thursday 22nd October 2026

नेपालमा पछिल्लो २४ घण्टामा ५२५ कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४९५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८०२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०९ जना कोरोना जितेर घर फर्केका छन् भने  ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल १६८३७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि  महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, मोरङका ५७ वर्षीय पुरूष र अछामका १८ वर्षीय पुरूषको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । हालसम्म देशभरभा ३८ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ४ लाख ८३ हजार  ३८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ८ लाख ३७ हजार भन्दा बढि संक्रमित भइ १ करोड ३७ लाख २९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ४७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

प्रतिकृयाहरू
...