Thursday 22nd October 2026

राजधानी उपत्यकामा ६२ सहित देशभर थप ३८१ जनामा कोरोना पुष्टि, थप २ जनाको मृत्यु


तितोपाटी – नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने पछिल्लो २४ घण्टामा थप ६२ जनामा संक्रमण देखिएको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१३९० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६१७४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १३० जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल १५१५६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि पर्साकी १८ वर्षीया युवती र वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख १२ हजार  ४ सय ५४ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ९ हजार ९ सय २५ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ८७ लाख ५३ हजार भन्दा बढि संक्रमित भइ १ करोड १९ लाख ६५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...