Sunday 12th July 2026

राजधानी उपत्यकामा ६२ सहित देशभर थप ३८१ जनामा कोरोना पुष्टि, थप २ जनाको मृत्यु


तितोपाटी – नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने पछिल्लो २४ घण्टामा थप ६२ जनामा संक्रमण देखिएको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१३९० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६१७४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १३० जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल १५१५६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि पर्साकी १८ वर्षीया युवती र वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख १२ हजार  ४ सय ५४ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ९ हजार ९ सय २५ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ८७ लाख ५३ हजार भन्दा बढि संक्रमित भइ १ करोड १९ लाख ६५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

चीनले अमेरिका, फिलिपिन्स, जापान तथा अन्य सहयोगी राष्ट्रहरूले दक्षिण चीन सागरसम्बन्धी जारी गरेको संयुक्त वक्तव्यलाई कडा रूपमा अस्वीकार गरेको छ।…

अमेरिका र इरानबीच युद्ध रोक्ने उद्देश्यले भएको प्रारम्भिक समझदारी लामो समय टिक्न सकेन। केही साताअघि युद्धविराम र वार्ताको वातावरण बने…

जन–जागृति युवा समाज कुवेतले उपचारका लागि आर्थिक अभाव झेलिरहेकी नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका–१ निवासी ५५ वर्षीया याङ्जोम तामाङलाई आर्थिक सहयोग…

प्रतिकृयाहरू
...