Tuesday 29th September 2026

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, थप १ जनाको मृत्यु


तितोपाटी – नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या २१ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१००९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५९२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल १५०२६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मोरङ जिल्लाका ७५ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख ६ हजार  ९५ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार ४ सय ७९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ८४ लाख ८१ हजार भन्दा बढि संक्रमित भइ १ करोड १७ लाख ६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ९८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...