Friday 2nd October 2026

कुवेत प्रवेशमा प्रतिबन्ध लगाएपछि घरविदामा आएका श्रमिकहरू अन्याेलमा


तितोपाटी – कुवेतले नेपालसहित ३१ देशका नागरिकलाइ कुवेत प्रवेशमा रोक लगाएका कारण घरविदामा नेपाल आइ कोभिड-१९ को कारण लकडाउनमा परि कर्मक्षेत्रमा फर्किने पर्खाइमा बसेका युवाहरू अन्योलमा परेका छन् ।

लामो समयदेखि लकडाउन भएर कुवेत फर्कन बन्चित भएका युवाहरू ३ हप्ता अगाडिदेखि अगष्ट १ तारिकबाट कुवेतले अन्तर्राष्ट्रिय उडान गर्ने भन्ने खबर सार्वजनिक भए पछि कर्मभूमिमा फर्कन पाइनेमा आशावादी भएका थिए भने  अन्तर्राष्ट्रिय उडान खोले पनि अन्य ३० राष्ट्रका श्रमिक सरह नेपालका श्रमिकलाइ पनि कुवेत प्रवेशमा रोक लगाइए पछि लकडाउनको समय भर थमाैती भएको जागिर पनि गुम्ने पो हो कि भन्ने चिन्तामा छन् ।

मध्यपुर्वका राष्ट्रहरूमा राम्रो रोजगार गन्तब्य मुलुकको रूपमा चिनिएको कुवेतले अन्तर्राष्ट्रिय उडान शुरू गरेर पनि कुवेत प्रवेशमा प्रतिबन्ध लगाएपछि छुट्टीमा बसेर फर्कने नेपाली श्रमिकले कहिलेसम्म कुवेत फर्कन पाउने हो अनिश्चितता बढाएको छ ।

कुवेतले कोरोना भाइरसको उच्च जोखिम भएका देशहरुका नागरिकको प्रवेशमा रोक लगाएको हो । व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको खबर कुवेत टाइम्समा प्रकाशित भएको थियो भने प्रतिवन्धमा परेका मुलुकका कामदारहरू उडान खुलेका अन्य देशमा आइ १४ दिन क्वारेन्टाइनमा बसेमा कुवेतमा प्रवेश दिने पनि बताइएको छ ।

यस विषयमा नेपाली दूतावासमा सम्पर्क गर्दा कुवेत प्रवेशमा रोक लगाइएको विषय नेपाल सरकारको सम्बन्धित निकायमा जानकारी गराइ सकेको जानकारी दिंदै कुवेत फर्कन चाहने श्रमिकहरूको यकिन तथ्यांक दूतावाससँग नभए पनि ६-७ हजारको हाराहारीमा कुवेत फर्कन चाहने युवाहरू रोकिएको जनाउँदै लकडाउनको कारण धेरैले रोजगारी गुमाइरहेको अबस्थामा अझै कुवेत प्रवेशमा प्रतिबन्ध लम्बिएमा हजाराैंको संख्यामा नेपाली श्रमिकहरूको रोजगारी गुम्ने सम्भावना रहेको दूतावासले जनाएको छ ।

कुवेतले नेपाल, बंगलादेश, ब्राजिल, अरमेनिया, बोस्निया हर्जगोविना, चिली, चीन, कोलम्बिया, इजिप्ट, हङ्कङ, भारत, इण्डोनेसिया, इरान, इटाली, लेबनान, मेक्सिको, पानामा, पाकिस्तान, पेरु, फिलिपिन्स, सिङ्गापुर स्पेन्न, डोमिनिकन रिपब्लिक,  इराक, इटली, कोसोभो, मोल्डोभा, मोन्टेनेग्रो, , उत्तरी म्यासेडोनिया,  सर्बिया,  श्रीलंका र सिरियाका नागरिकको प्रवेशमा रोक लगाइएको हो ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...