Thursday 1st October 2026

जनै पूर्णिमा – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


श्रावण शुक्ल पूर्णिमा तिथि पवित्र दिनमा ।
आङमा जनै राखेर डोरो बाँधिने हातमा ।१।

रक्षाबन्धन कसैले भन्छन् कसैले राखी यो ।
जसरी हामी मनाए पनि आफूकै खुशी हो ।२।

ब्राह्मण जाति शिवको पूजा ध्यानले गर्दछन् ।
शिवालय वा घरमा पनि शिव नै बस्दछन् ।३।

रुद्रको पूजा रुद्रीको रुप श्रध्दाले गरिन्छ ।
शिवको पूजा गरेको स्थल जनैले भरिन्छ ।४।

जनैको साथ रक्षाबन्धन मन्त्रले पवित्र ।
काँधमा जनै हातमा डोरो देखिन्छ बिचित्र ।५।

बहिनी दिदी हातमा बाँध्छन् दाजु र भाइको ।
पहिले देखि भन्दछन् राखी चलेर आएको ।६।

अनेक थरी खानाको रुप घरमा भेटिन्छ ।
सेलरोटी र पायस साथ क्वाँटी नि खाईन्छ ।७।

रक्तचापको समस्या हट्छ जनैको डोरोले ।
मान्यता यस्तो बोकेको कतै भेटिन्छ शास्त्रले ।८।

सुरक्षा गर्छ रक्षाबन्धन हातमा बाँधेर ।
बिस्वास राखी देउता ढुङ्गो भएको मानेर ।९।

हिन्दूको राम्रो संस्कार हाम्रो सबैले जोगाउँ ।
काँधमा जनै हातमा डोरो खुशीले रमाउँ ।१०।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...