Wednesday 1st May 2024

नेपालमा १०९ जना नयाँ संक्रमित थपिए, १३ हजार बढि निको भए, मर्नेको संख्या ४५ पुग्यो


तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५३८५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०६ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको उपचारको क्रममा कोरोनाको कारण ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल १३०५३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरी बारा परवानीपुरकी १७ वर्षीया किशोरीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ३९ हजार  १ सय ५७ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १८ हजार १ सय ८३ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ६० लाख ५६ हजार भन्दा बढि संक्रमित भइ ९८ लाख १९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ४४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको…

बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश…

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

प्रतिकृयाहरू
...