Friday 2nd October 2026

४ चोटिला मुक्तकहरू – राम भण्डारी


१
नेपालमा हिजो बाट कोरोना सकियो रे ।
आँटेर रातोरंग माथि हरियोले छोपियो रे ।
जसो होला पशुपति नाथ तिम्रै शरणमा
भन्ने कहिले संसारमै कोरोना रोकियो रे ।

२
परदेशमा छु घरको जिम्मा मेरै काँधमा छ ।
मनभुल्छ तिम्रो तस्बिर हेरेर जुन चाँदमा छ ।
अनगिन्ती साँचेका सपनाहरु अधुरै रहने भो
आज जिन्दगी जिवन मरणको दोसाँधमा छ ।

३
दुख: पाएका छन् परदेशीहरुले हेरिदिनु है ।
मलिन मुहारलाई हँसिलो मुद्रामा फेरिदिनु है ।
परदेशीहरु तिम्रै बाटो हेरि रहेछन् सरकार !
बन्द मनका ढोका र उडानहरु खेलिदिनु है ।

४
नेपालमा प्राकृतिक प्रकोपले सताएको छ ।
एकपछि अर्को चोटले मन फटाएको छ ।
पीडितको चित्कार नसुनेर भगवान ले
किन बिपत्त सबै नेपालमै पठाएको छ ।

-राम भण्डारी
सिन्धुपाल्चाेक
हालः काठमाडाैं


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...