Thursday 22nd October 2026

४ चोटिला मुक्तकहरू – राम भण्डारी


१
नेपालमा हिजो बाट कोरोना सकियो रे ।
आँटेर रातोरंग माथि हरियोले छोपियो रे ।
जसो होला पशुपति नाथ तिम्रै शरणमा
भन्ने कहिले संसारमै कोरोना रोकियो रे ।

२
परदेशमा छु घरको जिम्मा मेरै काँधमा छ ।
मनभुल्छ तिम्रो तस्बिर हेरेर जुन चाँदमा छ ।
अनगिन्ती साँचेका सपनाहरु अधुरै रहने भो
आज जिन्दगी जिवन मरणको दोसाँधमा छ ।

३
दुख: पाएका छन् परदेशीहरुले हेरिदिनु है ।
मलिन मुहारलाई हँसिलो मुद्रामा फेरिदिनु है ।
परदेशीहरु तिम्रै बाटो हेरि रहेछन् सरकार !
बन्द मनका ढोका र उडानहरु खेलिदिनु है ।

४
नेपालमा प्राकृतिक प्रकोपले सताएको छ ।
एकपछि अर्को चोटले मन फटाएको छ ।
पीडितको चित्कार नसुनेर भगवान ले
किन बिपत्त सबै नेपालमै पठाएको छ ।

-राम भण्डारी
सिन्धुपाल्चाेक
हालः काठमाडाैं


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...